पाँचखालमा भीषण आगलागी, ९ वटा पसल जले

पाँचखालमा भीषण आगलागी, ९ वटा पसल जले

  • शुक्रबार, कार्तिक १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

आज बिहान काभ्रेको पाँचखालमा आगलागी हुँदा नौवटा पसल जलेका छन्। आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। शुक्रबार बिहान सवा ६ बजे पाचँखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको उद्धब प्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको जिल्ला प्रहरी कार्याल्य काभ्रेले जनाएको छ।

आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन्। आगलागीमा परेर चारवटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। होटल, मोवाइल र मासु पसल भने आंशिक मात्रै जलेका छन्।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ