भारतसँग श्रीलंकाको शर्मनाक पराजय, भारत सेमिफाईनलमा

भारतसँग श्रीलंकाको शर्मनाक पराजय, भारत सेमिफाईनलमा

  • शुक्रबार, कार्तिक १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ। भारतले बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। यो रनको आधारमा विश्वकपको सबैभन्दा ठूलो जित हो।

अन्तिम तीन खेल बाँकी रहदै अन्तिम चारमा पुगेको शीर्ष स्थानको भारतको ७ खेलबाट १४ अंक भएको छ।

भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमै अलआउट भयो। श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र महीश तक्षणाले १२–१२ रन तथा कसुन रन्थिता १४ रन जोडेका थिए।
श्रीलंकाका अरु ८ ब्याटर भारतीय बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन नबनाइ आउट भए। बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए। उनले ५ ओभरमा १ मेडन राख्दा १८ रन खर्चिए। मोहमद सिराजले ३ विकेट लिए भने जसप्रति बुमराह र रविन्द्र जडेजाले १(१ विकेट हात पारे।

यो लज्जास्पद हार सँगै श्रीलंका प्रतियोगीताबाट बाहिरिने खतरा बढेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ