नेपालले लक्ष्य बनाएको छ आगामी सन् २०२४ को टी–२० विश्वकपमा छनौट हुने । त्यसै अनुसार नेपालका प्रशिक्षक मोन्टी देशाईले टिमलाई उत्प्रेरित गर्दै खेलाउदा टिमले आशातित जित पनि निकाल्दै आएको छ पछिल्लो एक बर्ष यता ।
उनको रणनीतिले काम गर्दा र टिमको मेहेनतले गत अगष्टमा नेपालले एशिया कपमा भारत र पाकिस्तान जस्ता देशसँग एक दिवसीयमा सम्मानजनक खेल पस्किएको थियो ।
एक दिवसीय विश्वकपमा छनौट हुन नसकेको नेपालको अबको सपना आगामी बर्ष हुने टी–२० विश्वकप हो । जुन वेष्ट ईन्डिज र अमेरीकाले सँयुक्त रुपमा आयोजना गर्दैछन् ।
त्यसको लागि एक खेल बाँकी छ र त्यो खेलमा जीत अनिवार्य छ ।
आज बिहान ११ बजेपछि मुलपानी स्थित मैदानमा बिहिबार ओमनसँगको हारको पाठ सिक्दै र बलियो टिम यूएईसँग खेल्दैछ ।
टिमका मुख्य गेम चेन्जर दिपेन्द्र सिंह ऐरी चोटग्रस्त हुँदा नेपाललाई केही समस्या थपिएको छ उनले आज खेल्ने नखेल्ने निश्चित भईसकेको छैन ।
तर आज त्रिकोणात्मक सिरिज र अघिल्लो विश्वकप छनौटमा यूएईले नेपाललाई हराएको थियो । सो को बदला लिँदै आज घरेलु मैदानबाट नेपाल विश्वकपको टिकट काट्न चाहन्छ ।
नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल खेल्न लागेका हुन्।
आजको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आक्रामक अलराउण्डर दिपेन्द्र सिंह ऐरिलाई मैदान उतार्ने सम्भावना छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेता बनेको हो।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।
आजै हुने अर्को सेमिफाइनलमा ओमान र बहराइन भिड्नेछन्।