नेपाल ओमनसँग ५ रनले पराजित भएको छ । नेपाललाई जितको नजिक पुर्याएका बिबेक यादव आउट भएपछि नेपाल पराजित हुन बाध्य भयो ।
ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा विवेक यादवले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दा नेपाललाई नेपाललाई तीन बलमा ७ रनको आवस्यकता थियो । त्यही बेला बाउन्ड्री प्रहार गर्ने क्रममा उनी क्याच आउट भए ।
त्यसपछि आएका अविनाश बोहराले एक रन लिएर करण केसीलाई क्रिज दिएका थिए । अन्तिम १ बलमा ६ रन चाहिएका बेला करण पनि क्याच आउट हुन पुगे । र नेपालले जम्मा २० ओभरमा १४० रन बटुल्यो ।
यही पराजयले नेपाल समुहको उपविजेता बनेको छ । भोली सेमिफाईनलमा उसले यूएईसँग खेल्नेछ ।
आज नेपाली ब्याटरहरु चल्न नसक्दा नेपाल पराजयको शिकार हुन पुग्यो । ओपनर आशिफ शेख ५ रनमा आउट भए । त्यसपछि सोमपाल कामी १२ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पनि १२, कुसल मल्ल १० रनमै पेभिलियन फर्किए ।
ओपनर कुसल भूर्तेल २६ रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो । उनले १८ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।
सन्दीप जोरा १२, करण केसी १५, र सन्दीप लामिछाने २ रनमा आउट भए । ओमनका विलाल खान एक्लैले तीन विकेट लिएका थिए ।
त्यस अघि ओमन बिरुद्ध करण केसीले ३, सन्दीप लामिछाने २, सोमपाल कामी २, गुल्सन झा १ र अविनाश बोहराले एक विकेट लिएका थिए । ओमनका जेसन मक्सुदले सर्वाधीक ३२ रन ल्याएका थिए ।
अब सेमिफाईनलमा यूएईलाई पराजित गर्न सके नेपाल टी–२० विश्वकपमा छनौट हुनेछ । जुन खेल सन् २०२४ मा वेष्टईन्डिज र अमेरीकामा हुनेछ ।