चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तराष्ट्रिय अवार्ड चुमे

चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तराष्ट्रिय अवार्ड चुमे

  • बिहिबार, कार्तिक १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तराष्ट्रिय अवार्ड चुमेका छन्।
चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्पm लाग्दा नै थियो। टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेक भन्छन्।
हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिष्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका थिए। अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले सम्पूर्ण तयारी सहित मिष्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो। मिष्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए। मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए। प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए।
काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी