टी–२० विश्वकप एसिया छनोट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ । ओपनर आशिफ शेख ८ बलमा ५ रन बनाएर आउट भए ।
त्यसपछि आएका सोमपाल कामी पनि १२ रनमै आउट भएपछि दबाबमा आएको नेपाललाई आशालाग्दा ओपनर कुसल भूर्तेल पनि बोल्ड आउट भएपछि नेपालको आश अब कुसल मल्लमा टिकेको छ । भूर्तेल १८ बलमा २६ रन बनाएर आउट भए । उनले तीन छक्का र एक चौका प्रहार गरे ।
त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई तथा गुल्सन झा र अविनाश बोहराले एक एक विकेट लिए ।
ओमनका जिसन मसजुले सर्वाधिक ३२ रन जोडे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline