टी–२० विश्वकप एसिया छनोट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । ओपनर आशिफ शेख ८ बलमा ५ रन बनाएर आउट भएका छन् । ओमनको कसिलो बलिङका कारण नेपाल शुरुवाती दबाबमा आएको छ । अहिले कुसल भूर्तेल र सोमपाल कामीले नेपालको ब्याटिङ सम्हालीरहेका छन् ।
त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई तथा गुल्सन झा र अविनाश बोहराले एक एक विकेट लिए ।
ओमनका जिसन मसजुले सर्वाधिक ३२ रन जोडे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline