नेपाललाई छैटौ सफलता, सन्दीपले लिए २ विकेट

नेपाललाई छैटौ सफलता, सन्दीपले लिए २ विकेट

  • बिहिबार, कार्तिक १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

१६ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको समुह चरणको अन्तिम खेलमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुर मैदानमा टस जीतेर फिल्डिङ रोजेको नेपाललाई छैटौ सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले दुई विकेट लिएका छन् । उनले ओमनको दोस्रो र चौथो विकेट पतन गराए । तेस्रो विकेट गुल्सन झाले लिए । उनले आक्रामक रन बनाईरहेका प्रतिकलाई क्याच आउट गराएका छन् । प्रतीकले १८ बलमा २४ रन बनाएर आउट भएका हुन् ।

यसै गरी १४ औँ ओभरको पहिलो र दोस्रो बलमा सन्दीप लामिछानेले लगातार २ विकेट लिन सफल भए । पहिलो बलमा आयान खानलाई १८ रन बनाउदा बोल्ड गरेका सन्दीपले दोस्रो बलमा मेरान खानलाई शुन्य रनमा बोल्ड गरेका थिए ।

त्यस अघि नेपाललाई करण केसीले पहिलो सफलता दिलाए । करणले पहिलो ओभरमै ओपनर कास्यप प्रजापतिलाई ८ रन बनाएपछि आउट गरेका थिए ।

त्यसपछि चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले अकिबलाई ६ रन बनाउदा पेभिलियन फर्काए । त्यसै गरी छैटौ ओभरमा सोमपालले सोईब खानलाई शुन्य रनमा बोल्ड गरेका थिए । ओमनले यो खबर तयार पार्दा सम्म छैटौ ओभरमा ४ विकेट गुमाएर ३८ रन बनाएको छ ।

समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

नेपाल र ओमानबीचको समूहको खेल आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो ।

१० वर्षपछि फेरी टी९२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपाल अब दुई खेल मात्र टाढा छ । आज ओमन बिरुद्ध खेल्दा नेपालले अघिल्ला दुर्ई खेल भन्दा अझ बढी मेहेनत गर्नु पर्नेछ । किनकि ओमन बलियो टोलीका रुपमा हेरिन्छ आज टिमका महत्वपूर्ण खेलाडी दिपेन्द्र सिंह ऐरीले चोटका कारण खेल्ने संभावना कम छ । उनको स्थानमा विवेक यादवले खेल्दै आएका छन् ।

समूह बीमा दुई खेल जितेको यूएईको ४ अंक छ । बहराइन र हङकङको समान २ अंक छ भने पुछारमा रहेको कुवेतको कुनै अंक छैन । तर बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय संभावना कायम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ