१६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको समुह चरणको अन्तिम खेलमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
आज ओमनलाई हराएर सेमिफाईनलमा समुह बिजेताको रुपमा उभिने नेपालको लक्ष्य छ ।टस जितेर नेपालले फिल्डिङ गरीरहेको छ । यस क्रममा नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका छन् । करणले पहिलो ओभरमै ओपनर कास्यप प्रजापतिलाई ८ रन बनाएपछि आउट गरेका थिए ।
समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।
नेपाल र ओमानबीचको समूहको खेल आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो ।
१० वर्षपछि फेरी टी९२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपाल अब दुई खेल मात्र टाढा छ । आज ओमन बिरुद्ध खेल्दा नेपालले अघिल्ला दुर्ई खेल भन्दा अझ बढी मेहेनत गर्नु पर्नेछ । किनकि ओमन बलियो टोलीका रुपमा हेरिन्छ आज टिमका महत्वपूर्ण खेलाडी दिपेन्द्र सिंह ऐरीले चोटका कारण खेल्ने संभावना कम छ । उनको स्थानमा विवेक यादवले खेल्दै आएका छन् ।
समूह बीमा दुई खेल जितेको यूएईको ४ अंक छ । बहराइन र हङकङको समान २ अंक छ भने पुछारमा रहेको कुवेतको कुनै अंक छैन । तर बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय संभावना कायम छ ।