गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर पुगेर फर्किंदै गरेका असईको लेक लागेर मृत्यु

गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर पुगेर फर्किंदै गरेका असईको लेक लागेर मृत्यु

  • बुधबार, कार्तिक १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कार्तिक १५, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर पुगेर फर्किंदै गरेका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर निधन भएको छ । उनको बुधवार निधन भएको कास्की प्रहरी प्रमुख एसपी प्रमुख मोहनबहादुर थापाले बताए ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज ढुंगाना आइतबार समुद्री सतहबाट ४ हजार १ सय ३० मिटरमा रहेको आधार शिविरमा हेलिकप्टरमा पुगेका थिए । मंगलबार गुटेरेस आधार शिविर पुगेर फर्किएपछि उनी पनि कास्कीको अन्नपूर्ण गाउँपालिकाको टोलीसँगै हिँडेर घान्द्रुक फर्किंदै थिए ।

मंगलबार २ हजार ३ सय ५० मिटर उचाइमा रहेको हिमालयमा बास बसेका उनलाई बुधबार विहान स्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमा पोखरा ल्याइएको थियो । तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको थापाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ