पाकिस्तानद्धारा बंगलादेश पराजित, आज दक्षिण अफ्रीका र न्यूजील्याण्ड भीड्दै

पाकिस्तानद्धारा बंगलादेश पराजित, आज दक्षिण अफ्रीका र न्यूजील्याण्ड भीड्दै

  • बुधबार, कार्तिक १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ। मंगलबार कोलकतामा जित हात पारेसँगै पाकिस्तानले सेमिफाइनल सम्भावना जीवित राखेको छ। पाकिस्तान ६ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

मंगलबार बंगलादेशले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्लाह शफिकीले ६८ रन र फखर जमानले ८१ रन जोडे। कप्तान बाबर अजाम ९ रनमा आउट हुँदा मोहमद रिजवानले नटआउट २६ रन र इफ्तिखर अहमेदले नटआउट १७ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २०४ रनमै अलआउट भयो।

बंगलादेशका लागि मोहमुदुल्लाहले ५६ रन, नाजमुल हुसेनले ४५ रन र कप्तान सबिक अल हसनले ४३ रन जोडेका थिए।

बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदी र मोहमद वासीमले ३–३ विकेट लिए ।

यता हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ । यसैबीच, आजको खेलमा दक्षिण अफ्रीका र न्यूजील्याण्डबीच खेल हुँदैछ । खेल सवा २ बजेपछि शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ