स्रोत नखुलेको रकम सहित १ जना पक्राउ

स्रोत नखुलेको रकम सहित १ जना पक्राउ

  • बुधबार, कार्तिक १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

विराटनगर, कार्तिक १४ गते । मोरङको विराटनगर-६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा आज बिहान ११ बजे विराटनगर-६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैया नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम नेपाली रुपैया १००० दरको १६८७ थान र ५०० दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान-१, रन्जित कुमार साहको नाममा रहेको NIC ASIA Bank को चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान-१, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेको हो । स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ