काठमाडौँ । एमाले नेता एवं पूर्व मन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको हो।
बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । गैरआवासीय नेपाली संघको कार्यालयमा भएको सो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
एनआरएनएको विवाद भईरहेका बेला सो कार्यलयमा दलबल सहित बस्नेत पुगेका थिए । सो क्रममा निर्वाचन परिणाम अस्वीकार गर्दै अध्यक्ष घोािषत गरिएका आरके शर्मा लगायतककामाथि हातपात भएको थियो । त्यसको रिपोर्टीगं गर्दै गरेका बेला आफूमाथि आक्रमण भएको शर्माको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline