नेपालद्धारा मलेशिया पराजित, कुशल मल्लको विष्फोटक ब्याटिङ

नेपालद्धारा मलेशिया पराजित, कुशल मल्लको विष्फोटक ब्याटिङ

  • मङ्लबार, कार्तिक १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कार्तिक १४ काठमाण्डौँ । काठमाण्डौँमा जारी टी–२० विश्वकप छनौट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेशिया बिरुद्ध ६ विकेटको जीत निकालेको छ । मलेशियाले दिएको १६६ रनको लक्ष्य नेपालले १२ बल बाँकी छँदै पूरा गर्यो ।

मंगलबार नेपालको जितमा निर्णायक बने कुसल मल्ल । उनले बिष्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६५ रन बनाएपछि नेपालले सहज जीत निकाल्यो । मल्लले ७ छक्का र २ चौका प्रहार गरेका थिए ।

त्यस अघि ओपनर कुसल भूर्तेलले पनि नेपाललाई आक्रामक शुरुवात दिलाएका थिए । भूर्तेलले २५ बलमा ४३ रन जोड्ने क्रममा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यसै गरी अर्का ओपनर आशिफ शेखले ३२ रन जोडे । उनले २ छक्का र १ चौका प्रहार गरे । कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए । सन्दीप जोराले अविजीत १८ रन जोडे । विवेक यादव २ रनमा अविजीत रहे । मलेशियाका लागि मोहम्मद अमीरले ३ विकेट लिए भने पवन दिप सिंहले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३ /१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए । त्यसै गरी सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक एक विकेट लिए । दुई मलेशियन ब्याट्सम्यान भने रन आउट भएका थिए ।

यो जितसँगै नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

टी ट्वान्टी विश्वकपमा सहभागी हुन नेपाल अब मात्र एक जित टाढा छ । नेपाल एक खेल अगावै समूह एबाट सेमिफाइनल पुग्यो । नेपालसँगै समूह एबाट कुवेतसमेत अन्तिम ४ मा प्रवेश गर्यो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई हराएको थियो ।

नेपालले समूह विजेता बन्न लिग चरणको अन्तिम खेलमा ओमानसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ