काठमाण्डौँ कार्तिक १४ । आईसीसी टी–२० विश्वकप छनौट चरणको दोस्रो खेलमा नेपाललाई मलेशियाले १६६ रनको चूनौती दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको मलेशियाले उत्कृष्ट शुरुवात गर्दै पुरै २० ओभरमा ९ विकेट गुमाएर १६५ रन जोड्यो ।
मलेशियाका लागि शेयद अजिजले सर्वाधिक ६८ रन बनाए । त्यसपछि जुबेदीले २४ रन बनाए ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए । त्यसै गरी सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक एक विकेट लिए । दुई मलेशियन ब्याट्सम्यान भने रन आउट भएका थिए ।
मिलेशिया हिजो ओमनसँग पराजित हुँदा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । आज मलेशियालाई हराउन सके नेपाल सेमिफाईनल पुग्नेछ ।
नेपाल रहेको समुहको ओमनले आजै सिंगापुरलाई २२ रनले हराएको छ भने हिजो उसले मलेशियालाई हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline