काठमाण्डौँ कार्तिक १४ । आईसीसी टी–२० विश्वकप छनौट चरणको दोस्रो खेलमा नेपालले मलेशिया बिरुद्ध खेलिरहेको छ । टस हारेर बलिङ गरिरहेको नेपाल बिरुद्ध मलेशियाले आक्रामक गतिमा रन बनाईरहेका बेला अविनाश बोहराले पहिलो विकेट लिएका छन् । उनले मलेशियाका ओपनर जुबिदीलाई २४ रनमा कुसल मल्लको हातबाट क्याच आउट गराएका छन् ।
नेपाली बलरहरुले अनुशासित बलिङ गर्नु पर्ने देखिन्छ । मलेशियाले ६ ओभरमा १ विकेट गुमाएर ६० रन जोडेको छ ।
मिलेशिया हिजो ओमनसँग पराजित हुँदा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । आज मलेशियालाई हराउन सके नेपाल सेमिफाईनल पुग्नेछ ।
नेपाल रहेको समुहको ओमनले आजै सिंगापुरलाई २२ रनले हराएको छ भने हिजो उसले मलेशियालाई हराएको थियो ।
आजको खेल जितेमा नेपाल सेमिफाईनल प्रवेश गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline