अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।
गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डीुओर अवार्डले सम्मान गरियो। मेसीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्। फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।
अवार्डपछि मेसीले भने, ‘यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ।
अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्नुका साथै इन्टर मियामीले आफ्नो पहिलो ट्रफी ( लिग कप जित्दा मेसीले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले मेजर लिग सकर क्लबका लागि १४ खेलमा ११ गोल गरेका थिए।
क्रिस्टियानो रोनाल्डोले यो अवार्ड पाँच पटक जितेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline