अपडेटः बारामा अज्ञात समुहको गोली प्रहारबाट घाईते सर्राफको उपचारको क्रममा निधन

अपडेटः बारामा अज्ञात समुहको गोली प्रहारबाट घाईते सर्राफको उपचारको क्रममा निधन

  • सोमवार, कार्तिक १३, २०८०
  • दीपक चौरासीया

  • 7.4K
    SHARES

पर्सा १३ कार्तिक । केहीबेर पहिला बारामा अज्ञात समूहले गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको उपचारको क्रममा निधन भएको छ।

बारामा सोमबार दिउँसो स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । रुपेश स्वर्णकारको छाती र घाँटीमा २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको थियो । गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा लगिएको थियो ।

स्वर्णकारको अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको बीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाको बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ। अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए ।

पर्सा १२ कार्तिक । केहीबेर पहिला बारामा अज्ञात समूहले गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको उपचारको क्रममा निधन भएको छ।

बारामा सोमबार दिउँसो स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । रुपेश स्वर्णकारको छाती र घाँटीमा २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको थियो । गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा लगिएको थियो ।

स्वर्णकारको अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको बीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाको बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ । दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ३५ वर्षीय सर्रराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्कुलबाट मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका सर्राफ माथि अज्ञात समूहले गोली प्रहार गरेको हो।अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ