विश्वकप छनौटः पहिलो खेलमा सिंगापुर बिरुद्ध नेपाल ८ विकेटले विजयी

विश्वकप छनौटः पहिलो खेलमा सिंगापुर बिरुद्ध नेपाल ८ विकेटले विजयी

  • सोमवार, कार्तिक १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१३ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनौट चरणको खेलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकाल्यो ।

कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले सहजे पूरा गरेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा अविजीत रहे ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।

नेपालले सूहह चरणका सबै खेल त्रिवि मैदानमा खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ