टी २० विश्वकप क्रिकेटको क्षेत्रीय छनौटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको चूनौती दिएको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोड्यो ।
नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । त्यसै गरी करण केसी, सोमपाल कामी, गुल्सन झाले दुई दुई विकेट लिए ।
सिंगापुरका रोहन रंगराजन ४६, आर्याभिर चौधरी ३७, मनप्रित सिंह २४ रन जोड्न सफल भए भने अन्य ब्याटुसम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline