सिंहापुर बिरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । करण केसीले पहिलो बलमै सिंगापुरका ओपनर अरित्रा दुत्तालाई आउट गरेका थिए । त्यसपछि आक्रामक रन जोडिरहेको सिंहापुरलाई रोक्न स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भए ।
त्यसपछि बलिङमा आएका गुल्सन झाले विष्फोटक ब्याटिङ गरीरहेका रंगराजनलाई आउट गरेका छन् । गुल्सनको बलमा बाउन्ड्री प्रहार गर्न खोज्दा रंगराजन सन्दीप जोराको हातबाट क्याच आउट भएका छन् । उनी ४६ रनमा आउट भएका हुन् ।
सिंगापुरले ८ औँ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline