सिंगापुर बिरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

सिंगापुर बिरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

  • सोमवार, कार्तिक १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्ध हुने खेलमा घरेलु टोली नेपालले पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो। नेपाली टोलीमा त्रिकोणात्मक सिरिज खेल्ने टोलीबाट एक खेलाडी परिवर्तन भएको छ।

एसिया क्षेत्र छनोटमा स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने भएका छन्। उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहन्छ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

आईसीसी ट–ि२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।

नेपालले सूहह चरणका सबै खेल त्रिवि मैदानमा खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ