टी-२० विश्वकप छनौटः पहिलो खेलमा नेपाल सिंगापुरसँग भीड्दै

टी-२० विश्वकप छनौटः पहिलो खेलमा नेपाल सिंगापुरसँग भीड्दै

  • सोमवार, कार्तिक १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

टी-२० विश्वकप क्रिकेट छनौटको क्षेत्रीय प्रतियोगीतामा नेपालले आज पहिलो खेलमा सिंगापुरसँग भीड्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान ९ बजे सुरु हुनेछ। उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप छनौटतर्फ अघि बढ्ने योजनामा छ ।

त्रिकोणात्मक सिरिजमा घरेलु मैदानमा युएईसँग पराजित हुँदै उपाधी गुमाएपछि नेपाल सतर्क बनेको छ । सन्दीप लामिछानेको कम्ब्याकले टोली केही मजबुत बनेको छ । नेपाल टी–२० आई वरियताको १६ औं स्थानमा छ। सिंगापुर भने वरियताको ३६ औं स्थानमा छ। आजै हुने अर्को खेलमा समू बी का युएई र बहराइन बिहान ९ बजे मुलपानी मैदानमा खेल्नेछन्।

आजको तेस्रो खेलमा समूए का ओमान र मलेसिया त्रिवि मैदानमा भिड्दा समूह बी का हङकङ र कुवेत मुलपानी मैदानमा दिउँसो सवा १ बजे खेल्नेछन्।

नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा स्थान पक्का गर्नेछन्।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गते सम्म नेपालमा हुनेछ।

नेपालले समूह चरणका सबै खेल त्रिवि मैदानमा खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्ने तालिका छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ