नेपालको लक्ष्य टि–२० विश्वकपमा छनौट हो : कप्तान रोहित पौडेल

नेपालको लक्ष्य टि–२० विश्वकपमा छनौट हो : कप्तान रोहित पौडेल

  • आइतवार, कार्तिक १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, कात्तिक १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफुहरुको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

सोमबारदेखि काठमाडौंमा सुरु हुने टी २० विश्पकपको एसिया छनोट खेलबारे जानकारी दिन आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले यस्तो बताए । उनले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको पनि जिकिर गरे । उनले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताउदै क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको बताए। उनले कुनैपनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको बताए ।
त्यस्तै, प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता बताए । उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए ।

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ