आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

  • शनिबार, कार्तिक ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

आज कार्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्दै छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने छ।

राति २ बजेर ३८ मिनेट जाँदा ग्रहण मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा।डा।देवमणि भट्टराईले जानकारी दिए।

यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै मात्र ग्रहण भएको समितिले जनाएको छ। गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। यो चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ।

नेपालसँगै एसियाली मुलुक, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि यो ग्रहण देखिनेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी