प्रधानसेनापति एक साता लामो भ्रमणका लागि चीन प्रस्थान

प्रधानसेनापति एक साता लामो भ्रमणका लागि चीन प्रस्थान

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कार्तिक १० काठमाण्डौँ । एक साता लामो भ्रमणका लागि प्रधान सेनापति प्रभुराम शर्मा आज चीन प्रस्थान गरेका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधान सेनापति शर्मा चीन प्रस्थान गरेका हुन्।

चीन भ्रमणका क्रममा प्रधान सेनापति शर्माको चिनियाँ जनमुक्ति सेनाका प्रमुखसहितका अधिकारीहरुसँग भेटवार्ता हुने सेनाले जनाएको छ ।

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्नुका साथै चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रीभोजमा पनि सरिक हुने कार्यक्रम छ। शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

बेइजिङ प्रस्थान गर्नु अघि प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाइ गरेका छन्।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी सहित सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ