काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १६३ रनको चूनौती दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरेको नेपालले पुरा २० ओभरमा ८ विकेट गुमाएर १६२ रन जोड्यो । उत्कृष्ट शुरुवात गरेर मध्यमक्रममा खराब प्रदर्शन गरेको नेपालले १३१ रन जोड्दा ७ विकेट पतन भएको थियो । अन्तिममा आएका करण केसीले अविजीत १७ बलमा २३ रन जोडेपछि यो स्कोर खडा भएको हो । नेपालका कुसल भूर्तेल ५० रन बनाएर आउट भए । उनले तीन छक्का र ९ चौका प्रहार गरे ।
त्यसै गरी दिपेन्द्र सिंह ऐरीले २० रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरे ।
यसै गरी कप्तान रोहित पौडेल १७ बलमा १८ रन बनाएर आउट हुँदा सन्दीप जोरा १०, आशिफ शेख ७, कुसल मल्ल १ र गुल्सन झा ५ रनमा आउट भए । सोमपाल कामी पनि १३ रन बनाएर आउट भएका थिए ।
यूएईका लागि युवा बलर आयान अफजल खानले नेपालको तीन महत्वपूर्ण विकेट लिएर नेपालको पारी कमजोर बनाएका थिए । त्यसपछि जाहुर खान र नासिरले दुई दुई विकेट लिए भने सिद्धिकीले एक विकेट लिएका थिए ।
यूएईले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको थियो।
युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।