यूईए बिरुद्ध नेपालको खराब ब्याटिङ, १३१ रनमा ७ विकेट पतन

यूईए बिरुद्ध नेपालको खराब ब्याटिङ, १३१ रनमा ७ विकेट पतन

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा भईरहेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । यो क्रममा नेपालको खराब प्रदर्शन देखिएको छ । नेपालले १३१ रन जोड्दा ७ विकेट पतन भएको छ । नेपालका कुसल भूर्तेल ५० रन बनाएर आउट भए । उनले तीन छक्का र ९ चौका प्रहार गरे ।

त्यसै गरी दिपेन्द्र सिंह ऐरीले २० रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरे ।

यसै गरी कप्तान रोहित पौडेल १७ बलमा १८ रन बनाएर आउट हुँदा सन्दीप जोरा १०, आशिफ शेख ७, कुसल मल्ल १ र गुल्सन झा ५ रनमा आउट भए ।

अहिले सोमपाल र करण केसीले ब्याटिङ सम्हालिरहेका छन् ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।

युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ