काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा भईरहेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपाललाई फेरी पाँचौ झड्का लागेको छ । पाँचौ विकेटका रुपमा नेपालले उत्कृष्ट फर्ममा रहेका दिपेन्द्र सिंह ऐरीलाई गुमाएको छ । उनी २० रन बनाएर आउट भएका छन् । उनी भन्दा अघि कप्तान रोहित पौडेल १८ रन बनाएर आउट भए । त्यस अघि कुसल भूर्तेल ५० रन बनाएर आउट भएका थिए भने आशिफ शेख ७ र कुसल मल्ल १ रनमै पेभिलियन फकिएका थिए ।
कुसलले २९ बल खेल्दै ३ छक्का र ९ चौका सहित ५० रन जोडेका थिए । नेपालले अहिले सम्म १३ ओभरमा ७ विकेट गुमाएर १११ रन जोडेको छ । नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।
युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।