नेपाललाई तेस्रो झड्का, कुसल भूर्तेल अर्धसतक बनाएर आउट

नेपाललाई तेस्रो झड्का, कुसल भूर्तेल अर्धसतक बनाएर आउट

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा भईरहेको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपाललाई फेरी तेस्रो झड्का लागेको छ । उत्कृष्ट फर्ममा रहेका ओपनर आशिफ शेख ७ रनमै बोल्ड आउट भएपछि तेस्रो नम्बरमा आएका उत्कृष्ट अलराउण्डर कुसल मल्ल पनि आउट भए । उनी आयाफ अब्जाल खानको बलमा १ रन बनाउदै आउट भएका हुन् ।

त्यसपछि अर्धसतक बनाएर ओपनर कुसल भूर्तेल पनि आउट भएपछि नेपालमाथि दबाब बढेको छ । कुसलले २९ बल खेल्दै ३ छक्का र ९ चौका सहित ५० रन जोडेका थिए । नेपालले अहिले सम्म ७.४ ओभरमा ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।

उनले १२ बल खेली ७ रन बनाएर आउट भएका हुन् । यद्यपि, अर्का ओपनर कुसल मल्लले उत्कृष्ट शुरुवात गरेका छन् । उनी अर्धसतक नजिक पुगेका छन् ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।

युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ