काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा भईरहेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपाललाई फेरी दोस्रो झड्का लागेको छ । उत्कृष्ट फर्ममा रहेका ओपनर आशिफ शेख ७ रनमै बोल्ड आउट भएपछि तेस्रो नम्बरमा आएका उत्कृष्ट अलराउण्डर कुसल मल्ल पनि आउट भएपछि नेपाल केही दबाबमा आएको छ । उनी आयाफ अब्जाल खानको बलमा १ रन बनाउदै आउट भएका हुन् ।
उनले १२ बल खेली ७ रन बनाएर आउट भएका हुन् । यद्यपि, अर्का ओपनर कुसल मल्लले उत्कृष्ट शुरुवात गरेका छन् । उनी अर्धसतक नजिक पुगेका छन् ।
नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।
युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।