काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा भईरहेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपाललाई पहिलो झड्का लागेको छ । उत्कृष्ट फर्ममा रहेका ओपनर आशिफ शेख ७ रनमै बोल्ड आउट भएका छन् । उनले १२ बल खेली ७ रन बनाएर आउट भएका हुन् । यद्यपि, अर्का ओपनर कुसल मल्लले उत्कृष्ट शुरुवात गरेका छन् । उनी १८ बलमा ३० रन बनाएर खेलीरहेका छन् ।
नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।
युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline