श्रीलंकासँग खराब हारपछि विश्वकपबाट ईग्ल्याण्ड बाहिरिन सक्ने, पाकिस्तानको निर्णायक खेल आज

श्रीलंकासँग खराब हारपछि विश्वकपबाट ईग्ल्याण्ड बाहिरिन सक्ने, पाकिस्तानको निर्णायक खेल आज

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । चौथो हारसँगै इंग्ल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

बिहीबार भारतको बैंग्लुरुमा इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले मात्र २५।४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात राम्रो थिएन । २३ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका लागि पथुम निसांका र सदिरा समरविक्रमाले जित दिलाए ।

त्यसक्रममा दुबैले तेस्रो विकेटका लागि अविजित १३७ रनको साझेदारी गरे । निसांका ७७ र समरविक्रमा ६५ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको थियो ।

ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो । बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए । इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए ।

जितसँगै श्रीलंका ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड २ अंकका सात नवौं स्थानमा झरेको छ ।

सबै टिमले चार खेल खेल्न बाँकी रहेको अवस्थामा इंग्ल्याण्डको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । तर शीर्ष चारमा परेर सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न इंग्ल्याण्डले प्रतियोगितामा अपराजित रहेको भारतलाई समेत हराएर सबै खेल्न जित्नुपर्छ ।

किनकी शीर्ष टिम भारतको १० अंक छ भने चौथो स्थानमा रहेको अष्ट्रेलियाको ६ अंक छ । यसैबीच आज पाकिस्तानले दक्षिण अफ्रीकासँग खेल्दा सेमिफाईनल पुग्न निर्णायक खेल सरह हुनेछ । आजको खेलमा पराजित भए पाकिस्तान पनि सेमिफाईनलबाट बाहिरिने संभावना रहन्छ ।

दक्षिण अफ्रीका अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पाकिस्तानले यस अघि ५ खेल मध्य तीनमा हार र दुईमा जीत निकालेको छ । अफगानिस्तानसँग पराजित भएपछि पाकिस्तानी टिमको समर्थकले आलोचना गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ