प्रधानसेनापति शर्मा आज चीन भ्रमणमा जाने

प्रधानसेनापति शर्मा आज चीन भ्रमणमा जाने

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं कार्तिक १० । प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। चीन भ्रमणपछि १६ गते स्वदेश फर्किने प्रधानसेनापतिको तयारी छ ।

चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन्। नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो। विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन। प्रधानसेनापतिको चीन भ्रमणका बेला सो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ।

उनको चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ