भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्।
सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत समावेश भएको छ। पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए। उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् ।
सोमबारको प्रस्तुतिमा पनि निर्णायकहरूले निकै प्रशंसा गरेका थिए । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline