७ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको जित हात पारेको छ ।
इंल्याण्डलाई स्तब्ध बनाएको अफगानिस्तानले सोमबार पाकिस्तानमाथि ओडीआई क्रिकेटमै पहिलो जित हात पारेको हो । यसअघि सात खेलमा अफगानिस्तान हारेको थियो ।
सोमबार भारतको चेन्नईमा पाकिस्तानले दिएको २८३ रनको लक्ष्य इब्राहिम जादरानको ८७ रनको मद्दतमा अन्तिम ६ बल खेल्नुअघि २ विकेट गुमाएर भेट्टायो ।
पहिलो विकेटका लागि जादरान र रमानुल्लाह गुर्बाजले १३० रनको साझेदारी गरे । गुर्बाज ६५ रनमा आउट भए । जादरानले दोस्रो विकेटका लागि रहमत शाहसँग ६० रनको साझेदारी गरे र ८७ रनमा पभेलियन फर्किए ।
विश्वकप अन्तर्गत आज बंगलादेश र दक्षिण अफ्रीका खेल्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline