युएई बिरुद्ध नेपालको खराब शुरुवात, ११ रन बनाउदा तीन विकेट पतन

युएई बिरुद्ध नेपालको खराब शुरुवात, ११ रन बनाउदा तीन विकेट पतन

  • सोमवार, कार्तिक ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक ६ काठमाण्डौँ । युएई बिरुद्ध १६५ रनको लक्ष्य पछ्उयान जवाफी ब्याटिङमा उत्रिएको नेपाल सकटमा परेको छ । ओपनर कुसल भुर्तेल १ रनमा आउट हुँदा त्यसपछि आएका सोमपाल कामी २ रनमै आउट भए ।

त्यसपछि भरपर्दा ब्याट्सम्यान कुसल मल्ल पनि शून्य रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा परेको छ ।

घरेलु मैदानमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा यूएईले नेपालसामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो।

नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान २–२ विकेट लिए। गुलसन झा र करण केसीले समान १–१ विकेट आफ्नो नाममा गरे।

अभिनासले आफ्नो स्पेलमा २ विकेट लिँदा २८ रन खर्चे। सोमपालले यूएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए।

यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिम ८ रन बनाउँदा सोमपालको बलमा गुलसन झाको हातबाट क्याच आउट भए।

अर्का ओपनर खालिद शाह १२ रनमा बोल्ड आउट भए। ५१ बलमा ४ चौका हान्दै ४५ रन बनाएका वृत्या अरविन्दलाई अविनास बोहोराले बोल्ड आउट गरे।

बसिर अहमद ४५ रन बनाउँदा अविनासको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए।

आशिफ खान १८ रन बनाउँदा गुलसन झाको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

आलिसान सराफु ९ रन बनाउँदा रन आउट भए। अलि नसिर ९ रनमा करणको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।

निलन्स केसवानी ८ र अखिफ राजा ५ रनमा नटआउट रहे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ