एजेन्सी कार्तिक ६ । विश्वकप क्रिकेटमा आज पाकिस्तानले आफ्नो चौथो खेलमा अफगानिस्तान बिरुद्ध खेल्दैछ । खेल भारतमा सवा २ बजेपछि शुरु हुनेछ । चार खेल मध्य दुई खेलमा जीत र दुईमा हार व्यहोरेको पाकिस्तान पाँचौ स्थानमा रहेको छ । आज अफगानिस्तानलाई हराउन सके पाकिस्तान चौथो स्थानमा उक्लनेछ ।
अफगानिस्तानले ईग्ल्याण्डलाई अप्रत्यासिज पराजयको स्वाद चखाए पनि तीन बाँकी खेलमा हारेकाले उसको सेमिफाईनल संभावना कम हुँदै गएको छ ।
१० टोली मध्य हरेक टिमले प्रत्यक टिमसँग एक एक खेल खेलिसकेपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीबीच सेमिफाईनल खेल हुनेछ ।
यस अघि गएराति सम्पन्न खेलमा अहिले सम्म अपराजित रहेको न्युजील्याण्डलाई हराउदै आयोजक भारत शीर्ष स्थानमा उक्लिएको छ । भारतले लगातार पाँच खेल जितेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline