नेपालले आज युएईसँग दोस्रो खेल खेल्दै

नेपालले आज युएईसँग दोस्रो खेल खेल्दै

  • सोमवार, कार्तिक ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

घरेलु मैदानमा जारी टी- २० आई त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएई भिड्दैछन्। माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।

यसअघि सिरिजका तीनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ। सिरिजको पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको यूएई जितको खोजीम मैदान उत्रनेछ। सिरिजमा अपराजित नेपाल फाइनलमा पुगिसकेको छ।

नेपालले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको यूएई भने ३ अंकमा दोस्रो स्थानमा छ। सिरिजका तिन खेलमा पराजित हङकङ भने अंक विहिन रुपमा तालिकाको पुछारमा छ । डबल राउण्ड रोविनको सिरिजमा नेपालले हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ