नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य, कुसल मल्लको विष्फोटक ब्याटिङ

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य, कुसल मल्लको विष्फोटक ब्याटिङ

  • शनिबार, कार्तिक ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

घरेलु मैदानमा जारी यूएई सम्मिलित त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले हङकङसामु २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको हो। नेपालले हङकङले अब जवाफी ब्याटिङ गर्दैछ । नेपालका लागि कुसल मल्ले आज विष्फोटक ब्याटिङ गरेका छन् । उनले ४१ बलमा ९ छक्का र ३ चौका सहित ९२ रन जोडेका छन् । यसै गरी दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ५७ रन जोडेपछि नेपालले यो उच्च योगफल बनाएको हो ।

नेपालका लागि ओपनर कुसल भूर्तेल २ रनमै आउट हुँदा आशिफ शेख २० रनमा पेभिलियन फकिए । यसै गरी सोमपाल कामीले ८ रन जोडे ।

जारी टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ। नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ