विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा अष्ट्रेलियाले दोस्रो जीत निकाल्दा पाकिस्तानले दोस्रो हार व्यहोरेको छ ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले नौ विकेटमा ३ सय ६७ रन बनाएको थियो । त्यसमा दुवै ओपनरले शतक बनाए । डेबिड वार्नरले १ सय ६३ तथा मिचेल मार्सले १ सय २१ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि कीर्तिमान २ सय ५९ रनको साझेदारी गरे ।
वार्नरले १४ चौका तथा ९ छक्का प्रहार गरे । यस्तै मार्सले १० चौका र ९ छक्का प्रहार गरे। पाकिस्तानका लागि साहिन अफ्रिदीले ५४ रनमा ५ विकेट लिए ।
जवाफमा पाकिस्तानले ४५.३ ओभरमा सबै विकेट गुमाएर ३ सय ५ रनमात्र बनायो ।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ७० रन बनाए । यस्तै अर्का ओपनर अब्दुल्लाह सफिकले ६४ रनको योगदान दिए ।
आज श्रीलंका र नेदरल्याण्ड तथा ईग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच खेल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline