पश्चिम नवलपरासी सशस्त्र प्रहरीद्धारा नौ लाख भन्दा बढिको पटाका नष्ट  

पश्चिम नवलपरासी सशस्त्र प्रहरीद्धारा नौ लाख भन्दा बढिको पटाका नष्ट  

  • शुक्रबार, कार्तिक ३, २०८०
  • रबिन्द्र यादव

  • 4.4K
    SHARES

३ कार्तिक / पश्चिम नवलपरासी सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा नौ लाख भन्दा बढि मुल्य बराबरको विभिन्न प्रकारका पटाकाहरु नष्ट गरेको छ ।

दशै तिहारका लागि भारत नाकाबाट भित्र्याइएका करिब नौ लाख ६ हजार बराबर मुल्यको विभिन्न प्रकारको पटाका पाल्हिनन्दन गाउँपालिका वडा नं २ गोपालपुर दशगजा नजिकै एक बगैचामा लुकाइराखेको अवस्थामा विशेष सुचनाको आधारमा नियन्त्रणमा लिएर नष्ट गरिएको सिमा सुरक्षा गुल्म हरपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) बिकास भुजेलले जानकारी दिए ।

पटाकाबाट ठूलो धनजनको क्षति निम्त्याउने र कानुनद्वारा बर्जित रहेकाले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महेशपुर भन्सार कार्यालयका प्रतिनिधि,ईलाका प्रहरी कार्यालय महेशपुरका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका गणपति धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।

एक हप्ता अगाडि पनि सशस्त्र प्रहरी नवलपरासी पश्चिमले रामग्राम नगरपालिका वडा नं १२ कुनवारे देखि हरकट्टा भुमही जाने बाटोमा एक पिकअप सहित साढे २६ लाख मूल्य बराबर विभिन्न प्रकारका पटाका बरामद गरि नष्ट गरेको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ