भन्सार छलीका समान सहित गड्डाचौकीका एक जना पक्राउ

भन्सार छलीका समान सहित गड्डाचौकीका एक जना पक्राउ

  • शुक्रबार, कार्तिक ३, २०८०
  • डम्मर दत्त भट्ट

  • 4.3K
    SHARES

कञ्चनपुर कार्तिक ३ ।
कञ्चनपुरमा भन्सार चोरीछलीका गैर कानुनी सरसामान राखेका भीमदत्त नगरपालिका ११ गड्डाचौकीका एक युवक पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार नतिरेरै झण्डै १लाख, ७४ हजार ५सय बराबरको समान घरमै राखेका जोशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले गड्डाचौकीका देवराज जोशीले घरमै राखेको अवैध समान सहित बरामद गरिएको बताए । जोशीलाई पक्राउ र समान बरामद गरिएको प्रवक्ता डाँगीले बताए ।


पछिल्ला दिनमा कञ्चनपुर प्रहरीले भन्सार चोरी तस्करी बिरुद्ध निर्मम अप्रेसन चलाएको छ ।
विगतमा प्रहरीले तस्कर समुहबाट महिनावारी लाईन लिने र अहिले नलिएर धमाधम भन्सार चोरीछली बिरुद्धमा प्रहरीले एक्सनमा उत्रिएको स्थानीयको भनाई छ । भन्सार चोरीछलीका समान नियन्त्रण कार्य निरन्तर हुनुपर्ने स्थानीयको सुझाव छ । कोही भन्सार छलेर मोटाउने कोही तिरेर दुब्लाउने प्रवृति अन्त्य हुनुपर्नेमा जोडदिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ