कञ्चनपुरमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न

कञ्चनपुरमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न

  • शुक्रबार, कार्तिक ३, २०८०
  • डम्मर दत्त भट्ट

  • 13K
    SHARES

कञ्चनपुर, कात्तिक ३ ।
हिन्दु स्वयमसेवक संघ नेपालले कञ्चनपुरमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको छ । असोज २६ गते शनिबारदेखि बेदकोट नगरपालिका ७ सुडाको घटाल माविमा प्राथमिक शिक्षा वर्ग तालिम भएको थियो । आज कात्तिक ३ गते उत्त तालिम सम्पन्न सम्पन्न भएको छ ।
जिल्लाभरीका युवाहरुलाई नैतिक शिक्षा दिने उदेश्यले प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको जनाईएको छ । हिन्दु स्वयमसेवक संघ नेपाल राष्ट्रिय सह कार्यबाह हर्केश विष्टले गत शनिरबारदेखि तालिम शुरु गरिसएको बताए । कञ्चनपुरका हिन्दु युवा रदिप पाल, प्रकास कालौनी सहितले प्रशिक्षण दिएका थिए ।


शुक्रबार समापन कार्यक्रममा बेदकोट नगरका उप( प्रमुख तुलसी जोशीले किशोर र युवाहरुलाई कुलतबाट बचाउन तालिम प्रभावकारी रहेको भन्दै भावि दिनहरुमा किशोरीहरुलाई पनि उत्त तालिम दिदा अझै उपयुक्त हुने बताए । प्रशिक्षार्थीहरुले फरक फरक कला प्रस्तुत गरेका थिए । वर्गाधिकारी धुव्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दुस्वयम सेवक संघका राष्ट्रिय प्रचारक रेबन्त कुमार प्रमुख अतिथि रहेका थिए । कार्यक्रम संचालक हिन्दु स्वयक सेवक सघका युवा अगुवा प्रकास कलौनीले गरेका थिए । कार्यक्रममा हिन्दु स्वयमसेवक संघका नेता कार्यकर्ता प्रशिक्षार्थीका अभिभावक सहभागि भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ