महाकाली ‘विच’ भलिबल प्रतियोगिता: खुला तर्फ त्रिभुवन आर्मी क्लब र भेट्रान तर्फ बेलौरी पालिका बिजयी

महाकाली ‘विच’ भलिबल प्रतियोगिता: खुला तर्फ त्रिभुवन आर्मी क्लब र भेट्रान तर्फ बेलौरी पालिका बिजयी

  • शुक्रबार, कार्तिक ३, २०८०
  • डम्मर दत्त भट्ट

  • 5.2K
    SHARES

कञ्चनपुर, ३ कार्तिक ।
कञ्चनपुर स्थित महाकाली नदीको तटीय क्षेत्रमा भएको ‘विच’ भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबलाई पाईएको छ । नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा भएको खुला तथा भेट्रान भलिबल प्रतियोगिताको शुक्रबार समापन खेलमा त्रिभुवन आर्मी क्बलले लिटिलबुद्ध एकेडेमी टिमलाई २–०सेटले पराजित गर्दै उपाधी चुमेको हो ।
यस्तै भेट्रान तर्फ बेलौरी नगरपालिकालाई पाईएको छ । बेलौरी नगरपालिकाको टीमले सशस्त्र प्रहरीलाई ३–२को सेटले पराजित गर्दै बेलौरी नगरपालिकाले उपाधी चुमेको छ । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले खुला तथा भेट्रान तर्फ एकै दिन समापन खेल खेलाईएको बताए ।
सचिव विष्टका अनुसार खुला तर्फ २३ र भेट्रान तर्फ १२ टिम सहभागि भएका थिए । विजेता र उपविजेता चारै टिमलाई नेपाली सेनाका उपरथी उत्तम थापाले पुरस्कार प्रदान गरेका थिए । खुला तर्फ प्रथम,द्वितिय र तृतियलाई क्रमस १ लाख, ५० हजार २५ हजार र भेट्रान तर्फ प्रथम,द्वितिय र तृतियलाई क्रमस २५, १५ र १० हजार रुपैया पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिह मौनीले भलिबलको बृद्धि विकासका साथै पर्यट प्रर्बद्धनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । उक्त प्रतियोगिता महाकाली नदीमा पहिलो पटक भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ