काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ति गाउँपालिका–५ को सिंगेमा गए राति पौने १० बजे बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएपछि बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई दाङमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौँबाट सुर्खेत जाँदै गरेको गाडी आफैले चलाएका बास्तोलालाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धि मुद्धा चलाउने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline