नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

  • शुक्रबार, कार्तिक ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बाँके (नरैनापुर) ३ कार्तिक । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्वभन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा आज बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको बिशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी इलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई आकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई सुझाव दिएको अध्यक्ष शाहले बताउनु भयो ।

यसअघि नेपालगञ्ज, धरान, सर्लाही लगायत जिल्लामा भएका घटनालाई लिएर बाँकेको नरैनापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठ–मन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई निगरानी बढाउन नरैनापुर गाँउपालिकाले निर्देशन दिएको छ ।

त्यस्तै, दुर्गा पूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झै–झगडा र दुर्घटना हुन नदिन ‘क्वीक रेस्पोन्स टिम’ र चेकिङका लागि मोबाइल गस्ती गरिने प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले चाडपर्व लक्षित सुरक्षा योजनालाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । बैठकमा नरैनापुरका ६ वटै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि र सशस्त्र प्रहरीका डिएसपी जगदिश जोशी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ