राष्ट्रपतिले आममाफी दिए, जेलबाट निस्केपछि फेरी प्रेमीकाको हत्या गर्दा लोक बहादुर पुनः पक्राउ

राष्ट्रपतिले आममाफी दिए, जेलबाट निस्केपछि फेरी प्रेमीकाको हत्या गर्दा लोक बहादुर पुनः पक्राउ

  • शुक्रबार, कार्तिक ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं । राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक फेरी प्रेमिकाको हत्या गरेपछि पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको हो ।

लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको थियो ।

३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् । त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनीहरु असोज २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटी काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

लोकबहादुरलाई बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतले ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । तर, ६ महिना कैदमा बसेपछि असोज ३ मा मन्त्रिपरिषद्ले उनको चालचलन ‘असल’ भएको भन्दै कैद छुट दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेले सदर गरेपछि उनी छुटेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी