ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ

ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ

  • शुक्रबार, कार्तिक ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

झापा, कार्तिक ०३ गते । झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय समिर गजमेर, २४ बर्षीय रोशन माझी, सोही स्थान ६ का २९ बर्षीय रोशन बुढाथोकी र ईलाम चुलाचुली गाउँपालिका ४ का २३ बर्षीय सागर लिम्बु रहेका छन् ।

हिजो दिउसो साढे २ बजे समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।

३८ किलोग्राम गाँजा सहित २ जना पक्राउ

उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेका छन् । आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १९/१९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ