कञ्चनपुरका मनकारी वडाध्यक्ष कुवँरः दशैं तिहारको अवसरमा वृद्धवृद्धालाई आफ्नो तलब भत्ता वितरण गर्दै

कञ्चनपुरका मनकारी वडाध्यक्ष कुवँरः दशैं तिहारको अवसरमा वृद्धवृद्धालाई आफ्नो तलब भत्ता वितरण गर्दै

  • बिहिबार, कार्तिक २, २०८०
  • डम्मर दत्त भट्ट

  • 7.9K
    SHARES

कञ्चनपुर कात्तिक २ ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१ का वडाध्यक्षले २०७४ साल देखि तलब भत्ता बृद्धबृद्धा तथा अपांग भएका व्यक्तिहरुलाई वितरण गर्दै आईरहेका छन् ।
आज बिहिबार भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कवँर ९भुन्टु० ले गत वर्षहरु झै आफ्नो तलब भत्ता आफ्ना वडाका बृद्धबृद्धा तथा अपांगता भएका करिब १६१ जनालाई वितरण गरेका छन् ।
महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसर पारि वडाध्यक्ष आसेफ कवँर ९भुन्टु०ले आफ्नो वर्ष भरीको तलब भत्ता प्रत्येक वर्ष झै यस बर्ष पनि वितरण गरेको बताए । भीमदत्त–१ का १४१ जना बृद्धबृद्धा र २० जना पुर्णरुपमा अपांगता भएका व्यक्तिहरुलाई वडाध्यक्ष कुवँरले एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन् ।
दशैं तिहारको समयमा आफ्नो तलब भत्ता बाड्नुको अर्थ राख्दै वडाध्यक्ष कुवँरले भने, ‘मेरा वडाबासी आमा–बुबा तथा शारीरिक रुपले असंक्तहरुलाई यो दशैं, तिहार एवं छठ पर्वका बेला अलिकति भएपनि खुसी दिलाउन सके भने, त्यो नै मेरो लागि ठुलो आर्शिवाद र धर्म हुन्छ ।’


वडाध्यक्ष कुवँरले भने,‘०७४ मा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भए देखि नै मैले प्रत्येक वर्ष तलब भत्ता यहि समयमा बृद्ध आमा बुबा अपाङ्गहरुलाई केहि भएपनि राहत पुगोस र अरु झै चाँडवाड मनाउँन सहज होस उहाँहरुलाई भन्ने हिसाबले वितरण गर्दै आएको छँु ।’
शारीरिक रुपले अशक्त र वृद्धवृद्धाहरु वडाध्यक्ष कुवँरको हातबाट उक्त रकम थाम्दै गर्दा निकै खुसी देखिन्थे ।
भत्ता सोरुप रकम पाउँने सबैले हर्ष व्यक्त गर्दै वडाध्यक्ष कुवँरलाई आर्शिवाद दिएका छन् । ७० वर्ष माथिका र पुर्ण अपांगता भएकाहरुले भत्ता स्वरुप एक हजार पाँच सय रकम बुझेका छन् ।
बिहिबार भएको कार्यक्रममा उपस्थित हुन नसकेकाहरुको व्यत्तिहरुको घरमै गएर वडाध्यक्ष कुवँरले उक्त रकम वितरण गर्ने समेत बताए ।


२०७४ को स्थानिय निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसबाट भीमदत्त नगरपालीका–१ को वडाध्यक्षमा निर्वाचित कुवँरले आफ्नो तलब भत्ता नलिने घोषणा गरेका थिए ।
कुवँरले पहिलो र दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भए पछि आफ्नो तलब भत्ता प्रत्येक वर्ष दशैं, तिहार एवं छठ पर्वको अवसर पारि स्थानिय बृद्धबृद्धा एवं अपांग भएका व्यक्तिहरुलाई वितरण गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ